सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको होः महेश बर्तौला | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको होः महेश बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ ।

सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्टयाउनु भयो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सचेतक बर्तौलाले सो उच्चस्तरीय छानबिन समितिले राजश्व अनुसन्धान विभागको छानबिन समितिसँगै मिलेर काम गर्ने बताउनु भयो । अहिले छानविनमा संलग्न रहेका निकाय तथा अधिकारीहरुले पनि उच्चस्तरीय छानबिनको आवश्यक्ता औंल्याइरहेको उहाँको जिकिर थियो ।

सचेतक बर्तौलाले भन्नुभयो, ‘हामी राज्यको सबै अंगहरुलाई साथमा लिएर उच्चस्तरीय छानबिन समिति त्यहीँसँगै बसेर काम गर्ने हो । यो अर्को छुट्टै समिति भएपनि त्यहीसँग कोलाबोरेशन गरेर काम गर्छ । मैले यति भनौं–कतिपय हाई प्रोफाईलमा मानिसहरुको जे संकेत आइरहेको छ । त्यसमाथि उच्चस्तरकै छानबिन समिति भयो भने त्यो काम गर्न अहिले तपाईले भनेको राजश्व अनुसन्धान विभागको कुरा होला । प्रहरीका सिविआई, अन्य इकाईहरु होला । यसलाई पनि सहयोग पुग्छ । उहाँहरुले पनि यो माग गरिरहनु भएको छ । जो अहिले अनुसन्धानको प्रक्रियामा खटिरहेको एजेन्सीहरु छ । उहाँहरुलाई पनि उच्चस्तरीय छानबिन समिति भइदियो भने हामीलाई यसको चाहीँ खास ठाउसम्म पुग्नका लागि, सबै नेक्ससहरु पहिचान गर्नका लागि काम लाग्छ, सहयोग पुग्छ भन्ने उहाँहरुले पनि ठान्नु भएको छ । सिंगो देशले मागिरहेको विषयमा सरकार डराईरहेको कारण चाहीँ के हो ? हामी छक्क परेका छौं ।’

सचेतक बर्तौलाले सिंगो देशले उच्चस्तरीय छानबिन समितिको माग गरिरहँदा पनि सरकार डराइरहेको आरोप समेत लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);