बालकुमारी घटना अनुसन्धान गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बालकुमारी घटना अनुसन्धान गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन

काठमाडौं, १६ पुस । सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ तीन सदस्यीय आयोग गठन गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले ललतिपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको छ। आयोगले घटनामा भएको मानवीय, भौतिक लगायतका अन्य क्षतिको विवरण अध्ययन विश्लेषण गर्ने, घटनाको कारण र सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पहिचान गर्ने, सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भुमिकाका बारेमा अध्ययन गर्ने र दोषी देखिएको जो कोहीलाई पनि कारबाहीको सिफारिस गर्ने छ ।

आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सुझावहरु पेस गर्नेगरी आयोगले आजैबाट काम थाल्ने छ । आयोगको सुझावसहितको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्ने प्रवक्ता शर्माले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);