विश्वविद्यालयमा दलिय राजनीति देखियो भने के गर्ने ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वविद्यालयमा दलिय राजनीति देखियो भने के गर्ने ?

sikshya samiti-bishwabidhyalaya

काठमाडौं, २ फागुन । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्राध्यापक राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्व माथि दलिय राजनीति हुन नहुने बताउनु भएको छ ।

शुक्रवार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा अध्यक्ष जोशीले उक्त विश्वविद्यायलयको अवधारणा सम्बन्धी जानकारी गराउँदै अन्य विश्व विद्यालयमा जस्तो दलिय राजनीति हावी हुन दिन नहुने बताउनुभएको हो । उहाँले विश्वविद्यायललाई सबै नेपालीले अपनत्व गर्ने गरी विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

बैठकमा सांसद चित्रालेखा यादवले विश्वविद्यालयमा दलिय राजनीति हुन दिन नहुने भन्ने विषय उचित भएको तर दलिय राजनीति देखियो भने के गर्ने भन्ने विषय आउन नसकेको बताउनुभयो ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्व विद्यालयको व्यवस्थापन ट्रष्टबाट हुने र कुलपति, उपकुलपति तथा सहकुलपतिको अवधारणा नरहेको बताउनुभयो ।

समितिमा गत बुधबारदेखि उक्त विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको थियो । शुक्रबार भने समितिले विश्वविद्यालयको अवधारणा र विशेषताका विषयमा जानकारी लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);