खोकनामा तीनदिने पर्यटन महोत्वस आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

खोकनामा तीनदिने पर्यटन महोत्वस आयोजना हुने

khokana mahatsov1

काठमाडौं, २ फागुन । नेपाल भ्रमण वर्षको अवशर पारेर ललितपुरको खोकनामा तीनदिने पर्यटन महोत्वस आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा फागुन ९ गतेदेखि ११ गतेसम्म महोत्वसव आयोजना हुने भएको हो ।

महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना खाजाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहनेछन् । त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने आयोजकको भनाई छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न भ्रमण वर्ष २०२० को अवशर गरेर महोत्सव आयोजना गरिएको हो । महोत्सवले खोकना गाउँलाई ग्रामिण पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लािग महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।

khokana mahatsov

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);