'मदन भण्डारी विश्वविद्यालयको सोच र विधेयक फरक भयो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘मदन भण्डारी विश्वविद्यालयको सोच र विधेयक फरक भयो’

madan bhandari university

काठमाडौं, २९ माघ । सांसदहरुले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलका क्रममा संसदहरुले विश्वविद्यालयको सोच र विधेयकमा फरक परेको बताएका हुन् ।

बुधवार संसदको शिक्षा तथा स्वास्थ्य समितमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि भएको सैद्धान्तिक छलफलमा सांसद गगन थापाले विज्ञान तथा प्रविधि सम्बन्धी विश्वविद्यालयमा सबै विषयको अध्ययन हुन सक्ने भएपनि विधेयक अनुसार अहिले रहेका विश्वविद्यालय र सो विश्वविद्यालयमा कुनै फरक नभएको बताउनुभयो । उहाँले फरक सोच अनुसार स्थापना गर्न लागिएको विश्वविद्यालयको विशेष केही हुनुपर्नेमा विधेयकमा त्यस्तो केही नभएको उल्लेख गर्नुभयो ।

सांसद खगराज अधिकारीले सो विश्वबिद्यालयमा फेरीपनि मानविकी, कानून, व्यवस्थापन लगायतका विषय हुने तर कृषि तथा प्रविधिको कुरा नआउने देखिएको भन्दै विधेयकमाथी गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरी सांसद विद्या भट्टराईले अहिलेपनि नेपालमा प्राकृतिक विज्ञानलाई मात्र विज्ञान बुझ्ने सामाजिक र सांस्कृतिक विज्ञानलाई विज्ञान नमान्ने प्रवृति रहेको भन्दै विज्ञानभित्र सबै विषयको अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुको प्रश्नको जवाफ दिदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको मुख्य प्राथमिकता विज्ञान र प्रविधिमा नै उल्लेख गर्नुभयो । उहाँले अन्य विषयहरुमाथिको अनुसन्धानलाई पनि समावेस गरेर जानसक्ने किसिको परिकल्पना गरिएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);