तिव्र गतिमा पूर्वाधार निर्माणको काम नभए राष्ट्रिय आकांक्षा पुरा हुँदैन : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तिव्र गतिमा पूर्वाधार निर्माणको काम नभए राष्ट्रिय आकांक्षा पुरा हुँदैन : मन्त्री पोखरेल

काठमाडौं, २९ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले तिव्र गतिमा पूर्वाधार निर्माणका काम गर्न नसके सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा नहुने बताउनुभएको छ ।

सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सडक ढलान गरेर पिच गर्ने प्रविधिको उपयुक्तता’ विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

अहिले सडक निर्माण गरेको १५ दिनमै भत्कने गरेको पाइएको बताउँदै उहाँले उपभोक्तहरु समेत यस्तो प्रकारणको पूर्वाधार निर्माणबाट आजित भइसकेको बताउनुभयो । पूर्वाधार निर्माणको गुणस्तर नहुँदा एक पक्षले अर्को पक्षलाई गाली गर्नुको सट्टा यो समस्यालाई समाधान गर्नेगरी सबैले एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

व्यवसायीहरुका लागि राज्यले केही गर्नुप-यो भनेर मात्रै नहुने भन्दै उहाँले गर्नुपर्ने कामहरु के के हुन सूची लिएर आउनुपर्ने बताउनुभयो । ‘गुणस्तरिय पूर्वाधार निर्माणमा के कुराले गाह्रो भयो ? सरकाले के गर्नुप-यो ? यो कुरा धक नमानी प्रष्टसँग राख्नुपर्छ । ती आलोचना र सुझावहरुलाई सरकारले सकारात्मक रुपमा लिन्छ’, उहाँले भन्नुभयो । कर व्यवस्थापन, कच्चा पदार्थ, बजार व्यवस्थानका कुरामा सरकारलाई केही भन्नुपर्ने भए स्पष्ट तरिकाले राख्नुपर्ने उहाँले बताउनुभयो।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङले अहिले स्थानीय तहले ग्रामिण सडक निर्माणलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै यो प्रविधिको सदुपयोग हुनुपर्ने बताउनुभयो ।

सडक कालोपत्रे गर्न ठूला उपकरण लैजान नसकिने, धेरै चौडाइका सडक निर्माण गर्न नसकिने स्थानहरुमा यो प्रविधि उपयुक्त हुने उहाँले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मोतिलाल दुगडले निर्यातका लागि बजार खोज्न सहयोग गर्ने र अन्य कुराहरुमा समेत सिमेन्ट उद्योगहरुलाई विशेष सहुलियत दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष इञ्जिनियर ध्रुव थापाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको बताउनुभएको छ । भारतको भन्दा गुणस्तरिय सिमेन्ट उत्पादन समेत हुन थालेको उल्लेख गर्दै उहाँले विगत ३, ४ वर्षयताको तथ्याङ्क हेर्दा औषतमा ११० प्रतिशतले गुणस्तरिय उत्पादन र उद्योगको विकास भएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);