पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

nepal n bhattrai

काठमाडौं, २९ माघ । बालुवाटारस्थित ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गरेर रिट दायर गर्नुभएको हो ।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भन्दै न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गर्नुभएको छ ।

अख्तियारले पूर्वप्रधानमन्त्रीद्वयलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री हुनुहुन्थ्यो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने काममा संलग्न रहेको भन्दै अख्तियारले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित १ सय ७५ जना बिरुद्ध गत बुधवार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);