केन्यामाथि नेपालको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

केन्यामाथि नेपालको रोमाञ्चक जित

एजेन्सी, १ फाल्गुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले सोमबार केन्यामाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा जित हात पारेको हो ।

खराब सुरुवात गरेको नेपालले ८२ रन बनाउँदा ५ विकेट गुमाएको थियो । महत्वपूर्ण ब्याट्सम्यान गुमाइसकेको अवस्थामा युवा खेलाडीद्वय आरिफ शेख र रोहितकुमार पौडेल क्रिजमा थिए । रन बटल्नुका साथै विकेट टिकाउनु पर्ने अवस्थामा आरिफ र रोहितले महत्वपूर्ण जिम्मेवारी निभाए । आरिफ र रोहितले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गरे ।

त्यहि साझेदारी नेपालको जितको कारण बन्यो । आरिफले ४२ तथा रोहितले ४७ रनको योगदान गरे । यी दुईको साझेदारी ४९ औं ओभरको पहिलो बलमा तोडिएको थियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा तेस्रो बलमा रोहित रनआउट भए । क्रिजमा सोमपाल कामी थिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा सोमपालले २ रन नै जोडी नेपाललाई रोमाञ्चक जित दिलाए ।

यसअघि टस हारेर पहिला व्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । केन्यालाई १ सय ७७ को मध्यम स्कोरमा रोक्न सन्दिप लामिछानेले ५ विकेट लिए । उनले १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएका हुन् । विश्व क्रिकेट लिग डिभिजन टु मा १४ विकेटसहित सन्दिप सबैभन्दा धेरै विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।

जितपछि नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । ६ टिम सहभागी यो प्रतियोगिताको शीर्ष २ मा पर्न सके नेपालले विश्वकप छनौट खेल्न पाउने छ । नेपालले अब आफ्नो अन्तिम खेल बुधबार क्यानडासँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);