केन्पो खुकुरी प्रशिक्षकहरुको एक हप्ते प्रशिक्षण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केन्पो खुकुरी प्रशिक्षकहरुको एक हप्ते प्रशिक्षण सम्पन्न

बिमल क्षेत्री,
रुपन्देही । मुलुकका सातै प्रदेशवाट सहभागीता रहेको केन्पो खुकुरी प्रशिक्षकहरुको एक हप्ते प्रशिक्षण कार्यक्रम बुटवलमा समापन भएको छ । केन्पो खुकुरी खेलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेशमै पहिलोपटक कार्यक्रम गरिएको हो ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघका अध्यक्ष पुर्ण प्रसाद पाण्डेले प्रशिक्षणमा चार विधाको बारे प्रशिक्षकहरुलाई सीप क्षमता सिकाईएको भन्दै थप विधाहरु विस्तार गरिने बताए । प्रतियोगितामा परेका खेलाडीहरुलाई कोषबाट सहयोग गरिने उनले बताए ।

प्रदेशले जिल्लाबाट छनौट गरेर पठाउने र असौज ८ र ९ गते काठमाडौमा हुने फाईनल प्रतियोगिताका लागि प्रशिक्षण महत्वपुर्ण भएको धारणा राखे । प्रतियोगितामा प्रथम हुने प्रदेशलाई १ लाख रुपैया नगदसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । दोस्रो २५ हजार सहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

फ्रान्सबाट सुरु भएको यो खेलमा करातेजस्तै विभिन्न हाउभाउसहित हात र खुट्टा चलाएर खेलिने गरिन्छ । प्रशिक्षक राजकुमार पाण्डेले फुल केन्पो, सेमि केन्पो, खुकुरी काता र सेल्फ डिफेन्स गरि चार विधामा प्रशिक्षण गराईएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);