भारतमा एकै दिन १ लाख ९१ हजारले लगाए कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा एकै दिन १ लाख ९१ हजारले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी, ४ माघ । भारतमा एकै दिन १ लाख ९१ हजारले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना खोप कार्यक्रमको पहिलो दिन शनिबार ३ हजार ३ सय ५१ सेसनमा १ लाख ९१ हजारले खोप लगाएका हुन् ।

भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन दुवै खोपको प्रयोग गरिएको हो । खोप लगाएपछि भारतको राजधानी दिल्लीमा ५२ जनामा साइड इफेक्ट देखिएको छ । दिल्लीमा पहिलो दिन खोप लगाउने ४ हजार ३ सय १९ स्वास्थ्य कर्मचारीहरुमध्ये १ जनालाई भने खोप लागएपछि अस्पताल नै भर्ना गर्नु परेको थियो ।

दिल्ली सरकारले राजधानीको ११ वटै जिल्लामा डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) ले तयार पारेको रिर्पोट अनुसार दक्षिण जिल्लामा १२ र दक्षिण–पश्चिममा ११ साइड इफेक्टको केस देखिएका छन् ।

त्यस्तै, पूर्वी जिल्लामा ५, दक्षिण–पूर्वी र नयाँदिल्लीमा पाँच–पाँच केस देखिएका छन् । बाँकी १३ केस अन्य पाँच जिल्लाका हुन् । कोरोना विरुद्धको खोप लिएका व्यक्तिहरूलाई श्वासप्रश्वासमा समस्या तथा मुटुको धड्कन बढ्ने समस्या, एलर्जी, टाउको दुख्ने, बिमिरा आउने आदि समस्या देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);