नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु

एजेन्सी, ४ माघ । नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै र अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताउनुभएको उल्लेख गरिएको छ ।

यता फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसँगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ । नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);