सनराईज बैंकले गरायो विभिन्न अस्पतालमा पिपिई उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सनराईज बैंकले गरायो विभिन्न अस्पतालमा पिपिई उपलब्ध

ppe upalabdha

काठमाडौं, १७ वैशाख । कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंकले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ ।

पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पिपिई उपलब्ध गराइएको जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पिपिई उपलब्ध गराइएको जनाएको छ । कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);