नाडाका अध्यक्ष दुलाल भन्छन् - 'लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धराशायी हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नाडाका अध्यक्ष दुलाल भन्छन् – ‘लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धराशायी हुन्छ’

KRISHNA PRASAD DULAL NADA

काठमाडौं, १७ वैशाख । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वैशाख २५ गते पछि पनि लकडाउनले निरन्तरता पाए अटोमोबाइल्स क्षेत्र धराशायी अवस्थामा पुग्ने बताएको छ । करिब दुई महिनादेखि व्यापार ठप्प रहेको अवस्थामा ठूलो आर्थिक क्षति भइसकेको र अब पनि लकडाउनले निरन्तरता पाए झनै समस्या बढ्ने नाडाले जनाएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले दुई महिनादेखि उद्योग व्यवसाय र प्रतिष्ठानहरु बन्द रहेको र खर्चमा कुनै कटौति नभएको अवस्थामा व्यापार व्यवसायलाई अगाडि बढाउन नपाए समस्या बढ्दै जाने बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझाव अनुसार लकडाउन अवधिको कर्मचारीको तलब ५० प्रतिशत मात्रै दिने व्यवस्था गराउन सरकारसँग आग्रह समेत गर्नुभयो । यस्तै नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर २ प्रतिशतले घटाउनु सकारात्मक कदम भएको र बैंकहरुले पनि त्यसमा अझ केही कम गर्ने गरी व्यवस्था गर्नु पर्ने नाडाको सुझाव छ ।

यसबाहेक भन्सार परिसरमा रोकिएर बसेका सवारी साधनको शुल्क मिनाह गर्न एवं कन्टेनरको डिटेन्सन चार्ज पनि मिनाह गर्न अध्यक्ष दुलालले माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);