निजगढ विमानस्थल निर्माण गर्दा ७ लाख ७० हजार रुख काटिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निजगढ विमानस्थल निर्माण गर्दा ७ लाख ७० हजार रुख काटिने

nijgadh-airport

काठमाडौं, ३० भदौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २ हजार ५ सय ९३ हेक्टरमा रहेका ७ लाख ७० हजार सालका रुख काटिने भएका छन् ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्ययन प्राधिकरणका कार्यकारी निर्देशक सन्दिप गौतमले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २ हजार ५ सय ९३ हेक्टरमा रहेका ७ लाख ७० हजार सालका रुख काटिने र एक रुख काट्दा २५ रुख रोप्नुपर्ने सिद्धान्त अनुसार पुनः रुख रोपिने बताए ।

पर्यावरणीय र जैविक संवेदनशीलता जोडिएको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले कति असर पार्छ भन्ने कुराको हेक्का राखिएको छैन । भारतको सिमाना भन्दा २३ किलोमिटर उत्तरतर्फ बनाउन लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अझै उत्तरतर्फ सारेर बनाउँदा थोरै रुख काट्दा पनि बन्न सक्थ्यो । तर सरकारले नेपालकै नमूना विमानस्थल बनाउने दाबी गरेको छ ।

झन्डै साढे १२ सय हेक्टरमा बनेका लन्डन र हङकङ एयरपोर्टले वार्षीक रुपमा आठ करोड यात्रु धानिरहेका छन् । यसले अमूल्य सालको जंगल मासेर जडिबुटी, जनावर र चराचुरुङ्गीको बासस्थान तहसनहस त पार्छ नै चुरेक्षेत्रका मानिसका लागि समेत पर्यावरणीय असर पर्ने निश्चित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);