दुर्घटना न्युनीकरण गर्न सबैको सहयोग आवश्यक | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दुर्घटना न्युनीकरण गर्न सबैको सहयोग आवश्यक

lalbabu rahut

बारा, १३ असार । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुर्घटना न्युनीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले शुक्रबार वीरगञ्जमा आयोजना गरेको सडक सभ्यता अभिबृद्धि एवंम सवारी दुर्घटना न्युनीकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले ट्राफिक नियम पालना गर्ने सवालमा नागरिकहरु सभ्य र सचेत भए भने धेरै हदसम्म दुर्घटना न्युनीकरण गर्न सकिने बताउनु भयो ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सडक मैत्री कानुन नभएकाले सडक दुर्घटनामा बृद्धी भइरहेको बताउनु भयो । सडक सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सडक मैत्री कानुन बनाउन लागेको उहाँले जानकारी दिनु भयो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआइजी प्रधुम्न कार्कीले सभ्यताले नै सचेतना जगाउने भएकाले हामी सबै पहिला आफै परिवर्तन हुन जरुरी रहेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);