नेकपाका प्रमुख तीन नेता तीन तिर | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

नेकपाका प्रमुख तीन नेता तीन तिर

टिप्पणी :

काठमाडौं, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका तीन प्रमुख नेता विदेश भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भण्डै दुइसाता लामो विदेश भ्रमणमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल भारत र चीनको भ्रमण सकेर आए लगत्तै पारिवारीक कारण सिंगापुर पुगेका छन् ।

यही वेला वरिष्ठ नेता माधव कुमार नेपाल सुटुक्क चीन भ्रमणमा निस्किएपछि कम्युनिष्ट पार्टीभित्रको राजनीतिक जोडघटाउबारे विश्लेषण सुरु भएको छ ।

गत वर्ष असोज १७ गते चुनावी गठबन्धन सहितको एकता घोषणा गरेका तात्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता केन्द्रमा मात्र सिमित देखिएको छ । एकवर्ष वितिसक्दा समेत समग्र पार्टीको एकता सम्भव गराउन नसकेका नेताहरु अहिले एकअर्काप्रति टिप्पणी गर्नेदेखि गुट भेलासम्ममा उत्रिएका छन् ।

कम्युनिष्ट पार्टीमा शक्तिमा जाने होड देखिएको भन्दै विश्लेषकहरु शक्तिमा रहनकै लागि विदेशी आशिर्वाद खोज्न नेताहरु दौडिरहेको बताइरहँदा नेकपामा मनोवैज्ञानिक एकता नभएको प्रष्ट हुन्छ ।

प्रधानमन्त्री विदेश भ्रमणमा रहेका वेला पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारका विषयमा गरेका टिप्पणीले त्यसलाई छर्लङ्ग पारिदिएको छ ।

माधवकुमार नेपालले सरकारका विषयमा गरेको टिप्पणीलाई अमेरिकाबाटै तत्काल जवाफ फर्काउनुले प्रधानमन्त्री कति अधैर्य छन् भन्ने प्रष्ट भएको छ भने अर्कोतिर नेताहरुबीचको विश्वासको संकटलाई बाहिर ल्याइदिएको छ ।

झन प्रधानमन्त्री अमेरिकाबाटै कोष्टारिकाको भ्रमणमा रहेका वेला माधव नेपाल चीन भ्रमणमा निस्किएपछि सरकारको स्थायित्व र कम्युनिष्ट पार्टीको एकताको विषयमा समेत बहस सुरु भएको छ ।

विश्लेषकह्ररु यसअघि प्रधानमन्त्री ओली र पुष्पकमल दाहालको विदेश भ्रमण खास महत्वको हुन नसकेको भन्दै माधव नेपालको भ्रमणबारे केही कुर्नुपर्ने बताउँछन् ।

प्रधानमन्त्री अमेरिकाबाट कोष्टारिकाको भ्रमणमा रहेका वेला अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुरमा र माधवकुमार नेपाल चीनमा छन् । तीन नेताको तीनतिरको यात्रा स्वभाविक देखिदैन ।

दुइ अध्यक्ष भएको नेकपामा कार्यवाहक अध्यक्ष समेत तोकिएको छैन । दुइ अध्यक्ष हुनेगरी भएको पार्टी एकतापछि ‘जेटमा दुई पाइलट हुन्छन्’ भनेर त्यसको बचाउ गरेका ओली अहिले भने को पाइलट हो भन्ने अन्योलमा देखिएका छन् । यसले नेकपाको एकता कता तिर भन्ने प्रश्न उठाइदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);