नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर

china sang samajhdari

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीबीच पार्टीगत सहयोग आदान–प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुवै पक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टीगत रुपमा व्यवस्थित गर्नका लागि समझदारी भएको नेकपाले जनाएको छ । यसअघि पूर्व एमाले र पूर्वमाओवादीबीच सीपीसीको छुट्टाछुट्टै सम्बन्ध थियो । एकता भएपछि पनि दुवै पार्टीका च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो । अब पार्टी एकिकृत भएकाले एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्नेछ ।

अब नेकपा र सीपीसीबीच विचार आदानप्रदान र दुई पक्षीय भ्रमणहरु हुने छन् । नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा सोमबारबाट ‘सी विचारधारा’ माथि छलफल चलिरहेको छ । छलफलमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारामाथि बहस भइरहेको छ । छलफल आजै सकिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);