नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको समझदारीमा अन्तराष्ट्रिय समुदायको समेत चाँसो | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको समझदारीमा अन्तराष्ट्रिय समुदायको समेत चाँसो

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी

काठमाडौं, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी भएको छ ।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालले मंगलबार दुई पार्टी बीच सहयोग आदानप्रदान गर्ने सम्झाैंता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

काठमाडौंमा एक समारोहका बीच दुई पार्टीबीच गरिएको ६ बूँदे समझदारीमा दुई पार्टी बीचको राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भईरहेको कम्युनिष्ट पार्टीको राजनीतिक तथा सैद्धान्तिक बहसलाई दुवै पार्टीले तीव्रता दिनेलगायतका विषयलाई मुख्य जोड दिइएको नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

दुई पार्टीबीच पहिलो पटक आपसी हितका विषयमा छलफल गर्न औंपचारिक तहमै समझदारी गरिएको नेपालमा पहिलो पटक हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चिनियाँ कम्युनिष्ट पार्टीसँग छुट्टाछुट्टै सम्बन्ध भएपनि दुई पार्टीबीच एकीकरण भई बनेको नेकपासँग भने पहिलो पटक सम्झदारी गरिएको हो ।

सोमबारबाट काठमाडौंमा दुई पार्टीबीचको विचारधारात्मक छलफल भईरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको ‘सी विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको जनवाद’सम्बन्धि विचारधाराबारे मंगलबार पनि छलफल भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपालको राजकीय भ्रमण अघि भएको दुई पार्टीबीचको विचारधारात्मक छलफललाई अन्तराष्ट्रिय समूदायले समेत रुचिपूर्वक हेरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);