कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन

nepali congress

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन गरिएको छ । गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलवार मुलुकभर विभिन्न कार्यक्रम गरी समापन गरिएको हो ।

समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा जिल्ला सभापतिको नेतृत्वमा विरोध ¥यालीसहित सभा गरिएको छ । मूलत बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, को बिरोधमा प्रदर्शन गरिएको हो ।

जागरण अभियानको यसअघिका १४ दिनमा ३सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो । अभियानका लागि कांग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक/एकका दरले ३सय ३० केन्द्रीय प्रतिनिधि खटाएको थियो।

अभियानका क्रममा स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिएको छ । यसअघि कांग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);