वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री

ishwor pokhrel-baideshik rojgar

काठमाडौं, ७ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

मंगलबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्र्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । तर त्यसका लागि व्यवसायीहरुले समाधानको उपायसहित समस्या लिएर सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीहरुको सुझावलाई सरकारले सधैं आत्मासात गर्दै अघि बढेको दावी गर्नुभयो ।उहाँले वैदेशिक रोजगार व्यवसायीहरुको धरौटीवापतको रकमबाट ब्याजको व्यवस्था गरी सरकारले उनीहरुको स्वास्थ्य उपचारको समेत व्यवस्था गरेको उल्लेख गर्नु भयो ।

मन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकारले सबै राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताउनु भयो ।