वैदेशिक रोजगारमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्धः मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

काठमाडौँ, २८ भदौ । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन बसाईसराईलाई पनि व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार ललितपुरमा आयोजित ‘सुरक्षित र नियमित बसाईसराईका लागि विश्वव्यापी सम्झौतामा कोलम्बो प्रक्रिया संलग्नता’ विषयक अन्तराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले अवैध बसाईसराईका कारण वैदेशिक रोजगारमा देखिएको समस्या समाधान गर्न सम्बद्ध राष्ट्रहरुबीच साझा धारणा बनाउन ढिलाई गर्न नहुने स्पष्ट पारेका थिए । उनले सरकार–सरकारबीच सम्झौतागरी बसाईसराईलाई व्यवस्थित बनाएर बैदेशिक रोजगारमा देखिएको समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

गोष्ठीमा बसाईसराईलाई व्यवस्थित बनाएर वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित बनाउने विषयमा विभिन्न देशका विज्ञहरुबीच परामर्श हुने बताइएको छ ।

ताजा समाचार