राष्ट्रियसभाबाट सात विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रियसभाबाट सात विधेयक पारित

samsadh parlyament

काठमाडौं, ३१ भदौ । राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले पारित गरेको हो ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रस्तुत गरेको ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’ लाई बैठकले पारित गरेको छ ।

यसैगरी कृषि तथा पुशपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गरेको ‘खाद्य अधिकार सम्बन्धी विधेयक, २०७५’, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको ‘आवासको अधिकार सम्बन्धी विधेयक, २०७५’ पारित भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘ भूमि सम्बन्धी(सातौँं संशोधन) विधेयक, २०७५’ पनि उक्त बैठकले पारित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);