मंगलमपाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंगलमपाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडौं । नेपालको अग्रणी पाइपतथा फिटिङ्स उत्पादक र निर्याकर्ता मंगलम इन्डस्ट्रिका काठमाडौं स्थित डिलरहरुले रुपन्देहीको ढक्दै स्थितफ्याक्ट्रीको अवलोकन गरेका छन् । त्यसैगरी डिलरहरुले पोखरा र चितवनका डिलरहरुले पनिफ्याक्ट्रीअवलोकन गरेको मंगलमपाइप्सले जनाएको छ ।

उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादनप्रकृयाको बारेमा प्रत्यक्ष अनुभवदिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलमपाइप्सले जनाएको छ । उक्तअवलोकन भ्रमणमा मंगलमपाइप्सका प्रबन्धनिर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्तअवलोकन भ्रमण लुम्बिनीको पवनप्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापनगरिएको थियो।

अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्धनिर्देशक अभिनव चुरिवालले , “यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा आफुहरु अत्यन्तै उत्साहित भएको बताएका थिए । उनले उपभोक्ताहरुको आवश्यकता र रोजाइबुझ्ने पहिलो माध्यम नै डिलरहरु रहेको बताएका थिए । कार्यक्रममा बोल्दै चुरिवालले आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आएका डिलरहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने डिलरहरुको सक्रिय सहभागिताले आफुहरुलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसलामिलेको बताउँदै यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);