दीगो विकास लक्ष्य हासिल गर्न ३ सय ३ अर्व अमेरिकी डलर आवश्यक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

दीगो विकास लक्ष्य हासिल गर्न ३ सय ३ अर्व अमेरिकी डलर आवश्यक

काठमाडौं, ६ असार । नेपालले सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्न ३ सय ३ अर्व अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको दीगो विकास लागत अनुमानका अनुसार सन् २०३० भित्रमा दीगो विकास लक्ष्य हासिल गर्न सो परिमाणको अमेरिकी डलर नेपाललाई आवश्यक पर्ने देखिएको हो ।

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा आयोगका सदस्य शुशील भट्टले गरिवीको अन्त्य, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेर मात्रै दीगो विकास लक्ष्य हासिल हुने भएकाले सो रकम आवश्यक पर्ने अनुमानित डाटा तयार पारिएको जानकारी दिनु भयो ।

आयोगले दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकममध्ये वार्षिक ६ अर्व अमेरिकी डलर अपुग हुने निष्कर्ष पनि निकालेको छ । आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तीका लागि बजेटको अभाव मुख्य चुनौति रहेको बताउनु भयो । आयोगले दीगो विकास लक्ष्य हासिल गर्न अभाव हुने रकम जुटाउन लगानी बोर्डजस्ता संस्थाहरुलाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएको छ ।