प्रस्तावित प्रधानन्यायाधीश जोशी दुईतिहाइले अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रस्तावित प्रधानन्यायाधीश जोशी दुईतिहाइले अस्वीकृत

joshi

काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गरेको छ । शुक्रबार बसको समितिको बैठकले दुईतिहाइबाट जोशीलाई अस्वीकृत गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस जोशीलाई अनुमोदन गर्ने र नगर्ने आ–आफ्नै अडानमा रहेपछि मतदानबाट निर्णय लिइएको हो । प्रमुख प्रतिपक्ष कांग्रेसले भने मतदान प्रक्रियामा सहभागि भएन । १५ सदस्यीय समितिमा रहेका कांग्रेसका चार सांसदले लिखित कारणसहित बैठक बहिस्कार गरे ।

संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग गम्भीर असहमति रहेको कांग्रेसको भनाइ छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भयो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश बने । समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ एक जना सदस्य रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);