सुनुवाई समिति 'सुन पानी' छर्किने समिति नबनोस : धनराज गुरुङ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

सुनुवाई समिति ‘सुन पानी’ छर्किने समिति नबनोस : धनराज गुरुङ (भिडियो सहित)

सुनुवाई समिति ‘सुन पानी’ छर्किने समिति नबनोस : धनराज गुरुङ (भिडियो सहित)

dhanraj gurung

काठमाडौं, १८ साउन । काँग्रेस प्रतिपक्षमा छ । सत्तापक्षले काँग्रेस प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेलेन भनेर आलोचना गरिरहेको छ । सडकमा अहिलेनै जानु उचित थिएन भनेर सत्तापक्ष भनिरहेको छ ।

यसैबीच माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’मा नेपाली काँग्रेसका नेता धनराज गुरुङले सरकारले संविधानलाई अबहेलना गर्दै, कुल्चिने चेस्टा गर्दै अगाडी बढ्न खोजेको बताए ।

गुरुङले डा. केसीको मात्रै कारणले हामी सडकमा गएका होइनौ भन्ने कुरा बताए । उनले यो सरकार मत्ता हात्ती जस्तो बन्न खोजि रहेको छ, र हामीले यसलाई सचेत गराउन खोजेको प्रस्ट पारे । उनि भन्छन, “प्रजातन्त्रमा सरकारलाई सचेत नि गराउन नपाउने हो भने यो त निरंकुस भईहाल्यो नि ।”

गुरुङले प्रधानमन्त्री जस्तो मान्छेले त सानो भईस, त फुच्चे भईस, तलाई जनताले असुइकर गर्यो भन्ने शब्द बोल्न कति सम्म उचित छ भन्ने प्रस्न गरे ?  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनको बारेमा बोल्दै उनले , जोशीलाई अनुमोदन होइन अब छानबिन गर्नुपर्ने बताए ।

गुरुङसंग गरिएको कुराकानीको पुरा अंश हेर्नुहोस् :

ताजा समाचार