सामाजिक सञ्जालमा देखिएका गलत प्रवृत्तीलाई निष्तेज पार्ने प्रधानमन्त्रीको अठाेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सामाजिक सञ्जालमा देखिएका गलत प्रवृत्तीलाई निष्तेज पार्ने प्रधानमन्त्रीको अठाेट

pm oli

सामाजिक संजालको गलत प्रयोग गर्नु मुन्तलामा ‘ऐजेरु’ र धानमा ‘सामा’ पलाएजस्तै

काठमाडाैं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा देखिएको गलत प्रवृत्तीलाई निष्तेज पार्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक संजालमा देखिएका गलत प्रवृत्तीलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संचार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो ।

त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ । प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गर्नु भयो । तर प्रविधिको दूरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालको गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न जरुरी रहेको पनि उल्लेख गर्नु भयो । उहाँले केही वर्ष अघि मोवाईल चलाउन अनौठो मानिएपनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भईरहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले इन्टरनेट सेवामा सबैको पहुँच पु-याउन सरकारले अप्टीकल फाईबर विस्तारसम्बन्धि ‘महामार्ग’ नै तयार पारेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);