दु:खबाट मुक्त हुने प्रधानमन्त्री ओलीका तीन उपाय | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

दु:खबाट मुक्त हुने प्रधानमन्त्री ओलीका तीन उपाय

kp oli1

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विद्धान र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने बताउनु भएको हो ।

‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन्, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन्,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘हामी विद्धान पुर्खाका सन्तान हौं, विद्धान र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ ।

दोस्रो, प्राकृतिक हिसावले हाम्रो देश सुन्दर मात्रै होईन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ ।

अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ । त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाईरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ ।

सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले भारतको मोतीयारीबाट अमलेखगंजसम्म पाईपलाईनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेश गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गर्नु भयो । मुलुकको उत्पादनलाई प्रविधिसँग जोडने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

सरकारले वैज्ञानिकहरु तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पु-याउने काठमाडौंको ठमेलस्थित अमृत साईन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);