प्रिमियर लिगमा आर्सनलसँग चेल्सी ३–१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रिमियर लिगमा आर्सनलसँग चेल्सी ३–१ गोल अन्तरले पराजित

एजेन्सी, १२ पुष । इंग्लीस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हराएको छ । शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।

प्रिमियर लिगको पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनलका लागि अलेक्जेन्ड्रे लाकाजेट, ग्रेनिट जाकाल र बुकायो साकाले १–१ गोल गरे । चेल्सीका टमी अब्राहमले १ गोल गरे । यसैगरी जेर्मी भार्डीको गोलमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति घरेलु मैदानमा लेस्टरले म्यान्चेष्टर युनाईटेडसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । मार्कुस रासफोर्डले सुरुवातमै युनाईटेडलाई अघि बढाए । लगत्तै हार्वे बान्र्सले लेस्टरका लागि बराबरी गोल फर्काए । ७९ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै पुन युनाईटेडलाई अघि बढाए ।

त्यसको ६ मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काए । उपाधि होडमा रहेका दुवै टिमले बराबरी खेल्दै राहत प्राप्त गरेका छन् । तर शीर्ष स्थानको लिभरपुलसंग दुरी घटाउने मौका भने गुमाएका छन् । लेस्टर २८ अंक सहित दोस्रो र युनाईटेड २७ अंक सहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);