प्रिमियर लिग : युनाईटेडसँग चेल्सी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रिमियर लिग : युनाईटेडसँग चेल्सी पराजित

chelsea vs united

एजेन्सी, ६ फागुन । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले चेल्सीलाई हराउँदै जित निकालेको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा युनाईटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडको जितमा एन्थोनी मार्टियल र ह्यारी म्याग्युइरले गोल गरे । आरोन वान बिसाकाको क्रसलाई सदुपयोग गर्दै मार्टियलले पहिलो हाफको अन्तिम मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ६६ औ मिनेटमा बरुनो फर्नान्डेसको कर्नरमा म्याग्युइरले हेडमार्फत युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए ।

जितसँगै युनाईटेडले चौथो स्थानको चेल्सीसंगको दुरी तीन अंकमा झारेको छ । चौथो स्थानको चेल्सीको ४१ अंक छ । युनाईटेड ३८ अंक सहित सातौ स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);