एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

ACC cricket

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले आइतबार निकालेको नयाँ वरियतामा एक स्थान सुधार गर्दै नेपाल १६ औं स्थानमा उक्लिएको हो ।

अघिल्लो वरियतामा नेपाल १७ औं स्थानमा रहेको थियो । घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा २ जित निकालेपछि नेपालले वरियतामा सुधार आएको बताइएको छ ।

नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । चौंथोमा दक्षिण अफ्रिका र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);