पछिल्लो केही दिनदेखि घटेको सुनको मूल्य फेरि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पछिल्लो केही दिनदेखि घटेको सुनको मूल्य फेरि बढ्यो

today gold rate in enepal

काठमाडौं, २४ भदौ । पछिल्लो केही दिनदेखि घटेको सुनको मूल्य फेरि बढेको छ । बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यमा अस्थिरता देखिएको छ । यसैगरी चाँदीको मूल्य पनि बुधबार तोलामा पाँच रुपैयाँले बढेको छ । मंगलबार तोलामा १० रुपैयाँले घटेको चाँदी यस दिन पुन पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँ पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);