सुनको मूल्य तोलामा ४०० ले घट्याे, चाँदीको भाउ १० रुपैयाँले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सुनको मूल्य तोलामा ४०० ले घट्याे, चाँदीको भाउ १० रुपैयाँले वृद्धि

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);