बुधबार शेयरबजार परिसूचक नेप्से ४.६० अंकको सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार शेयरबजार परिसूचक नेप्से ४.६० अंकको सुधार

काठमाडौं, २९ माघ । बुधबार शेयरबजार परिसूचक नेप्सेमा ४दशमलव ६० अंकको सुधार भएको छ । परिसूचक भने १ हजार ३ सय ४५ दशमलब नौ सात अंकमा पुगेको छ ।

१ सय ७३ कम्पनीका ३९ लाख ८६ हजार ७ सय ६९ कित्ताशेयर १५ हजार १ सय ९९ पटकको कारोबारबाट १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३ सय ११ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०दशमलव १९ अंकले बढेर २ सय ८५ दशमलब ५६ अंकमा पुगेर बन्द भएको छ । बुधबार बैंकिङ, विकास बैंक र जलविद्युत समूहबाहेक सबै समूहको परिसूचक उकालो लागेको छ ।

बैंकिङ २ दशमलव ९८, विकास बैंक ८दशमलव ३८ र जलविद्युत समूहको परिसूचक ६दशमलव ९९ अंकले ओरालो लागेको छ । सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सबैभन्दा बढी ९ करोड ९७ लाख बढीको कारोबार भएको छ ।

शेयर कारोबारका आधारमा भने शिवम् सिमेन्ट्स अग्र स्थानमा रहेको छ । बुधबार सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९३ प्रतिशतले कमाउँदा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३दशमलव ५३ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);