विराट एक्स्पाेको सम्पूर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

विराट एक्स्पाेको सम्पूर्ण तयारी पुरा

विराटनगर, २९ माघ । विराटनगरमा आयोजना हुने अन्तरराष्ट्रिय बिराट कृषी तथा औद्योगिक प्रर्दशनी मेला २०७६ को सम्पूर्ण तयारी पुरा भएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा हुने मेला आगामी फागुन २ गते देखि १० गते सम्म सञ्चालन हुने छ । ३ सय ५० वटा स्टल रहने मेलामा १ अर्ब भन्दा बढीको कारोबार हुने आयोजकले जनाएको छ । कार्यक्रममा बिभिन्न स्वदेशी तथा बिदेशी उत्पादन तथा धार्मिक पर्यटनलाई जोड दिइएको आयोजकको भनाई छ ।

मेलाको मुख्य आकर्षक हात्ति सफारी, हेलिकप्टरमा पाथीभरा दर्शन र बिराटनगर सेरोफेरो परिक्रमाका साथै स्वदेशी उत्पादन रहेका छन् । कृषिलाई बढावा दिने र भ्रमण बर्ष २०२० लाई सहयोग पुराउने हेतुले मेलाको आयोजना गर्न लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);