राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न वित्तिय संस्थालाई राष्ट्र बैंकको निर्देशन

nepal rastra bank

काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर लगानी गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बैंक तथा वित्तिय संस्थाहरुको लगानी राष्ट्रिय उत्पादनसँग जोडिएको हुनुपर्ने बताए ।

उनले बैंक तथा वित्तिय संस्थाहरुको लगानी, पहुँच र प्रविधि राष्ट्रिय अर्थतन्त्रलाई वृद्धि गर्नेगरी अघि नबढेको पनि स्पष्ट पारे । भृकुटीमण्डपमा आयोजना गरिएको दोस्रो बैंकिङ एक्स्पोमा आयोजित ‘वित्तिय जागरणः राष्ट्रिय अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुको संख्या र सेवामा वृद्धि भएपनि त्यसले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन नसकेको पनि स्मरण गरे ।

कार्यकारी निर्देशक थापाले गरिव जनताको आयआर्जनमा योगदान दिने गरी लगानी गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए । उनले ग्रामीण क्षेत्रहरुमा वित्तिय पहुँच विस्तारको काम अझै पनि चुनौतिपूर्ण रहेको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);