बहिर्गमनमा परेका माओवादीका पूर्वलडाकुले गरे काठमाडौंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बहिर्गमनमा परेका माओवादीका पूर्वलडाकुले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं, १० माघ । बहिर्गमनमा परेका माओवादीका पूर्वलडाकुहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरुलाई २०६६ साल माघ १० गते अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरुले बिहीबार राजधानीमा प्रदर्शन गरेका हुन ।

पूर्व लडाकुहरुले आफूहरुमाथि लगाइएको अयोग्यताको बिल्ला तत्काल खारेज गरी ‘गणतान्त्रिक नेपालको योद्धा’को सम्मान नदिए सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

बहिर्गमनमा परेका माओवादी पूर्व लडाकुहरुले सेना समायोजनमा परेका लडाकु सरह आर्थिक सहायता उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्दै आएका छन् । तत्कालीन सरकारले सेना समायोजनमा अयोग्य रहेको भन्दै माओवादीका केही पूर्व लडाकुहरुलाई सेना समायोजन हुनबाट बञ्चित गराउँदै जीविकोपार्जनका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको थियो ।

तर त्यो सहमति सरकारले पूरा नगरेकोमा उनीहरुको आपत्ति छ । २०६६ साल माघ १० गते अनमिनले अयोग्य घोषित गरी ४ हजार नौ सय लडाकुलाई निकालिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);