साताको अन्तिम दिन शेयरबजार परिसूचक नेप्से घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साताको अन्तिम दिन शेयरबजार परिसूचक नेप्से घट्यो

stock_exchange_nepse

काठमाडौं, २६ असार । शेयर कारोबार साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्से ० दशमलव ६२ अंकले घटेर १२४८दशमलव ५३ अंकमा पुगेको छ ।

१ सय ७२ कम्पनीका १६ लाख ५४ हजार २ सय ५१ कित्ताशेयर ८ हजार ६ सय ५५ पटकको कारोबारबाट ४६ करोड ३६ हजार ५ सय ७१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०दशमलव ०१ अंकले घटेर २६८दशमलव ३२ अंकमा पुगेको छ ।

बिहिबार बैंकिङ र जलविद्युत समूहबाहेक कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ । बैंकिङ १दशमलव ९ र जलविद्युत १ दशमलव २७ अंकले उकालो लागेको हो । नेपाल बैंक लिमिटेडको ५ करोड २९ लाख बढीको शेयर कारोबार भएको छ ।

त्यसैगरी नदिप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ४दशमलव ७३ प्रतिशतले कमाएका छन भने मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ५दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);