ईपीएस भाषा परीक्षा शनिवारदेखी शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ईपीएस भाषा परीक्षा शनिवारदेखी शुरु

ईपीएस भाषा परीक्षा

पिएन ओझा
काठमाडौं, २५ जेठ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबारबाट सुरु भएको छ । दुई सिफ्टमा आइतबारसम्म चल्ने परीक्षामा ९२ हजार ३ सय ५६ परिक्षार्थी सहभागी भइरहेका छन् ।

काठमाडौँ, ललितपुर र पोखरामा गरी ३२ स्थानमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षामा मुलुकभरबाट कुल ९२ हजार ३ सय ५६ जना परिक्षार्थी सहभागी छन् । दक्षिण कोरियाले सन् २०२० का लागि १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरे अनुसार यो परीक्षा भइरहेको छ ।

यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी कोरिया लैजाने तयारी छ । गत वर्ष भन्दा यो वर्ष उक्त भाषामा परीक्षा दिने १० हजार विद्यार्थी बढेका छन् । अन्य गन्तव्य मुलुकहरूको तुलनामा आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

मुलुक संघीयतामा गएसँगै हरेक नेपालीले रोजगारीको अवसर आफ्नै देशमा प्राप्त गर्छन् भन्ने अपेक्षा तमाम युवामा थियो तर गणतन्त्र स्थापनाकोे १२ बर्ष प्रवेश गर्दा पनि राजनीतिक स्थिरता र गतिलो नेतृत्व हुन नसक्दा अहिले युवा धेरै निराश छन् । परिणाम, विदेश पलाएन हुन् बाध्य छन् ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ५५ हजारभन्दा बढी नेपाली कामदार कोरियामा पुगिसकेका छन् ।

सबैभन्दा बढी उत्पादनशील जनशक्ति मानिने युवाको विदेश मोहले हिमाल, पहाड तथा तराईका गाउँ युवाबिहीन हुने मात्रै हैन खेतबारी समेत बाँझो हुने क्रम बढ्दो छ । यसले भविष्यमा विकराल अवस्था सिर्जना हुनसक्ने चिन्ता बढ्दै गएको छ । यसरि गाउँ—घर रित्तिँदै जाँदा पहाडी घरहरू वृद्ध आमाबुबाका लागि वृद्धाश्रमजस्ता भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);