कपिलबस्तुमा १२ प्रतिशतले धान उत्पादन घट्ने अनुमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कपिलबस्तुमा १२ प्रतिशतले धान उत्पादन घट्ने अनुमान

dhan

कपिलबस्तु,२७ कात्तिक । यस वर्ष कपिलबस्तुमा १२ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । दानामा दुध लाग्ने बेलामा बर्षा नहुदा यस बर्ष कपिलबस्तुमा १२ प्रतिशतले धान उत्पादनमा कमी आउने अनुमान गरिएको हो ।

यस बर्ष समय मै बर्षा भए पछि कृषकहरुले असार साउन मै धान रोपेका थिए । समयमै बर्षा हुदा ब्याड राख्ने धान रोप्ने कार्य समेत समयमै गरिएको थियो । तर धानको दानामा दुध पसाउने बेलामा बर्षा नहुदा १० देखि १२ प्रतिशतले कमी आउने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा २० प्रतिशतको हाराहारीमा सिंचाइको सुबिधा छ । यस्तै बाह्रैमासे ५ दशमलव ६७ प्रतिशतमा मात्र सिंचाइ सुबिधा उपलब्ध छ । जिल्लामा राधा ४, साबित्री, मन्सुली, जानकी, सर्जु ४९, साभा सगोल, गोल्डेन मसुली, लोकनाथ, गोरखनाथ, लोपोन्मुख प्रजाति काला नमक धान, लगायत दुई दर्जन प्रजातीका धान खेती गरिन्छ ।

यस बर्ष ७२ हजार हेक्टरमा लगाईएका धानबाट २ लाख ११ हजार २ सय ११ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो । तर धानलाई चाहिने बेलामा बर्षा नहुदा यस वर्ष धान उत्पादनको कमि आउने अनुमान गरिएको हो ।

गत बर्ष ७२ हजार हेक्टरमा लगाइएको धानबाट प्रति हेक्टर २ दशमलव ६१ प्रतिशतले उत्पादन भई कुल १ लाख ८८ हजार ५ सय ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);