राष्ट्रपतिको निर्वाचनकालागि आचारसंहिता जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २३ फागुन । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनकालागि आचारसंहिता जारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको निर्वाचन आयोगको बैठकले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता लागु गरेको हाे ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले फागुन २३ गते देखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता देहाय बमोजिमका व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ :

(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,
(ग) स्थानीय तह,
(घ) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(ङ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(च) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(छ) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(ज) निर्वाचनको काममा संलग्न कर्मचारी,
(झ) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(ञ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ट) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ठ) पर्यवेक्षक,
(ड) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ढ) निजी तथा गैरसरकारी संस्था,
(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);