सहि आचरण भएका उम्मेदवार नै वर्तमान अवस्थाको आवश्यकता | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सहि आचरण भएका उम्मेदवार नै वर्तमान अवस्थाको आवश्यकता

upanirbachan

काठमाडौं, १९ कात्तिक । आगामी मंसिर १४ गते हुन लागेको रिक्त पदका लागि हुने उपनिर्वाचनको लागि कस्ता उम्मेदवार छनोट होलान अहिले सर्वसाधारणको लागि चासोको विषय बनिरहेको छ ।

हुन त उपनिर्वाचनको माहौल देशव्यापी रुपमा छैन तर पनि राजनीतिमा चासो राख्नेहरुमा भने यो चर्चाको साथै बहसको विषय बनिरहेको छ । साम दाम दण्डभेद प्रयोग गरेर चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहित गरेर निष्ठाको राजनीति गरेकाहरुले स्थान पाउँछन कि पाउँदैन ? राजनीतिज्ञहरुनै आशंका गरिरहेका छन् ।

उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय र निष्ठावान नेतालाई छान्नुपर्ने सैद्धान्तिक आधार हो । तर पछिल्लो समय राजनीतिक पहुँच तथा पावरका आधारमा छनौट भएको पाइन्छ । जसले गर्दा राम्रो भन्दा हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् ।

सामदाम दण्ड भेद प्रयोग गरेर निर्वाचन जित्ने मान्छे लोकप्रिय नभएका कारण जनताको प्रिय मान्छेलाई जनमतबाटै निर्वाचन जित्ने आधार बन्नुपर्नै सरोकारवालाहरुको सुझाव रहेकोछ ।

सहि आचरण भएका उम्मेदवार नै वर्तमान अवस्थाको आवश्यकता भएकाले यस्ता मानिसलाई टिकट दिनु आवश्यक भएको विभिन्न दलका नेताहरु बताउँछन् ।

निर्वाचनको कुरा गर्दा समावेशीताको कुरा आउँछ । तर सबै ठाउँमा यो सम्भव नहुन पनि सक्छ । उपनिर्वाचनमा थोरै सिट हुने भएकोले सबै ठाउँमा सम्भव नहुने कतिपय सरोकारवालाहरुको भनाई समेत छ ।

तर महिला उम्मेदबार बढी हुनुपर्छ भन्ने विगतदेखिनै जोड गरिरहेका कारण पछिल्लो समय महिला उम्मेदवार सिफारिश भएर आएको अवस्था भने रहेको पाइन्छ ।

निर्वाचनको माहोल तातिरहेका बेला संघीय समाजबादी पार्टीका केन्दि«य सदस्य डा. शिव पुजन यादव भने सकभर समावेशीताको हिसाबले बढी भन्दा बढी समेट्नेगरी उम्मेदवार छनोट प्रक्रियामा अघि बढ्नु उत्तम हुने बताउनुहुन्छ ।

रिक्त भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका पदका लागि निर्वाचन आयोगले कात्तिक २१ गतेसम्म उम्मेद्धारी दर्ता र २४ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालीका सार्वजनीक गरेको छ ।

यसका लागि नेकपाले आफ्नो उम्मेदवार चयन गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उम्मेदवार छनौटमा अलमलीरहेको छ । समाजवादी पार्टीेले पनि उम्मेद्वारको टुङ्गो लगाइसकेकोछ । अन्य केही साना दलले उम्मेदवार घोषणा गरिसकेका छन् भने केही साना दल पनि छनौटमा अलमलिरहेको अवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);