सेनाले इतिहास स्मरण गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सेनाले इतिहास स्मरण गराउने

nepali sena

काठमाडौं, २० कात्तिक । नेपाली सेनाले अब नेपाल एकीकरणदेखिको इतिहासलाई स्मरण गराउने भएको छ । सेनाले जंगीअड्डास्थित प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकक्षमा मंगलबार ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमसम्बन्धी हालसम्म भएका कार्यहरूको प्रगति र भावी योजनाको विषयमा प्रस्तुति गरिएको थियो।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपालको इतिहासलाई स्मरण गराउनका लागि सेनाले अध्ययन गरी बाहिर ल्याउन लागिएको हो।

एकीकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्यसम्पादन गर्ने उद्देश्यले तयार पारिएको ‘इतिहास संरक्षण एवं संवर्द्धन कार्यमा सेनाको सहभागितासम्बन्धी निर्देशिका–२०७६’ को समेत प्रस्तुति गरिएको सेनाले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);