भारतको पुरानै गलत दाबी : नापी विभाग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारतको पुरानै गलत दाबी : नापी विभाग

naya naksa india

काठमाडौं, २० कात्तिक । नापी विभागका महानिर्देशक प्रकाश जोशीले भारतले शनिबार सार्वजनिक गरेको नयाँ नक्सा ‘भारतीय पक्षको पुरानै दाबी अनुसार’ रहेको बताउँदै यो नयाँनौलो उत्खननको विषय नरहेको बताएका छन् ।

‘कालापानी र सुस्ता हाम्रो तहको प्राविधिक समितिले सुल्झाउन नसकेको विषय हो,’जोशीले कान्तिपुरसँग भने,‘यो विवादित मामला सुल्झाउन प्राविधिक समितिले धेरैअघि परराष्ट्र सचिवस्तरीय उच्च संयन्त्रलाई जिम्मा लगाइसकेको छ । यसबारेमा निर्णय गर्ने कार्यादेश हामीसँग छैन ।’

भारतले दाबी गरेका र नयाँ नक्सामा पारेका भूभाग नेपालले समेत दाबी गर्दै आएको र प्राविधिक रुपमा हामी यो आधारलाई प्रमाणित गर्न सक्ने तहमा रहेको भन्दै महानिर्देशक जोशीले यसलाई नयाँ समस्याका रुपमा नलिन आग्रह गरेका छन् । नेपाल–भारत सिमावर्ती समस्यालाई सम्बोधन गर्न सन् ८० को दशकमा बनेको संयुक्त प्राविधिक समितिले सन् २००७ भित्रमा विवादित भनिएका ७८ बिन्दूमध्ये ७६ वटामा समाधान पहिल्याएको थियो । तर, कालापानी र सुस्ता भने दुवै पक्षको दाबीमा परेका छन् । उब्जिएको समस्याबारे प्रतिक्रिया लिन खोज्दा परराष्ट्र सचिव शंकरदास बैरागी सम्पर्कमा आउन चाहेनन् ।

भारतको गृहमन्त्रालय र नापी विभागद्वारा जारी नयाँ नक्शामा नेपालको दार्चुला जिल्लामा पर्ने कालापानी क्षेत्रलाई आफ्नो भूभागमा समावेश गरिएको छ । यसअघिको पुरानो नक्शामा पनि उक्त क्षेत्रलाई भारतकै भूभागका रुपमा समेटिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);