प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती

pregnancy

काठमाडौं, २० कात्तिक । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् ।

थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र ।

अस्पताल पेटीमा बुबा (ठूलो बुबा) कृष्णबहादुर भने चिन्तित मुद्रामा छन् । उनलाई एकछिन चैन छैन । घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर टहलिन निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएका कारण उनलाई चिन्ता बढेको हो । छोरीको कस्तो उपचार हुने हो ? उनलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारे जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताए ।

अछामको रामारोशन गाउँपालिका–४ बाट उपचार गर्न काठमाडौं आएका उनलाई यहाँ सबै नयाँनौलो लागेको छ । छोरीको स्वास्थ्य अवस्था कस्तो हुने हो भन्ने चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ । वडाले दिएको २० हजार रुपैयाँ लिएर काठमाडौं आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । उनीसँग एक जना प्रहरी जवान पनि आएका छन् । वडाको सिफारिसमा आएका उनको खानाखाजा खर्च कृष्णबहादुरले बेहोर्दै आएका छन् । त्यसैले बाँकी पैसा पनि सकिन लागेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);