तरबार उठाइन् रेखाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

तरबार उठाइन् रेखाले

rekhako tarabar nach

जाजरकोट, २२ जेठ । चर्चित अभिनेत्री रेखा थापा बाइसे चौबिसे राज्यकालमा हुने युद्धको झझल्को दिने गरी ढाल र तरबार लिएर नाच्दै थिइन् । उनलाई हेर्न दर्शकको घुइँचो थियो ।

नायिका रेखाले निर्माण थालेको ‘मालिका’को सुटिङ टोली दृश्य कैद गर्न व्यस्त थियो । जाजरकोटलगायतका पश्चिम पहाडमा लाग्ने मेला र त्यहाँ नाचिने रैथाने नृत्य फिल्ममा उतार्न रेखा आफैंले अभिनय गरिरहेकी छन् । जीर्ण जाजरकोट दरबारलाई यतिबेला बेहुलीझै सिंगारिएको छ । रंगरोगन र ध्वजापताकाले दुई सय ४८ वर्ष पुरानो जाजरकोट दरबारलाई चिरिच्याट्ट पारिएको छ ।

सन् १८१४ देखि १८१६ सम्म नेपाल अंग्रेजबीच भएको युद्धमा जाजरकोटी सेनाले नेपाल सरकारलाई गरेको मद्दत, नेपाल एकीकरण अभियानमा जाजरकोटी सेनाले पृथ्वीनारायण शाहलाई सघाएको गौरवपूर्ण इतिहास छ । १९११ मा हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोटमा जाजरकोटी सेनाले आक्रमण गरी ६ सय थान बन्दुक खोसेर नेपाल सरकारको विजय यात्रामा योगदान गरेको थियो ।

सुदूरपश्चिमको डोटी राज्यका राजा शोभान शाहीले गोर्खाली सेनाका कमान्डर रणजीत कँवरको फौजलाई १८४८ सालमा घेरा हालेका बेला जाजरकोटी राजा गजेन्द्र शाहको नेतृत्वमा गएको पाँच सय फौजले उद्धार गरेर नेपाल एकीकरण अभियानलाई सघाएको गौरवपूर्ण इतिहास छ ।

१९११ सालमा हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट आक्रमणमा जाजरकोटी सेनाले विजय हासिल गरेको उच्च वीरताको ऐतिहासिक प्रतीकसँग जोडिएको खाँडो नाचलाई ‘मालिका’ फिल्मले राष्ट्रियकरण गर्ने नायिका थापाको भनाइ छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सयभन्दा बढी स्थानीय कलाकारको नृत्य छ । लोकलयमा आधारित गीतमा सुरेश अधिकारीको संगीत छ । जाजरकोटकै १५ वर्षीया कमला वलीको पनि मूख्य भूमिका रहेको ‘मालिका’ फिल्म तिहारमा रिलिज गरिने योजना छ । अन्नपुर्णपोष्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);