राजमाे नेता कृष्ण थापालाई दलको नेताबाट हटाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

राजमाे नेता कृष्ण थापालाई दलको नेताबाट हटाईयो

गण्डकी प्रदेश। नयाँ सरकार निर्माणका लागि विपक्षी गठबन्धनलाई सहयोग नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले दलका नेता कृष्ण थापालाई कारबाही गरेको छ ।

बुधबार पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधबार दिउँसो चार बजेसम्मको समय दिएकी छन् ।

थापाले पार्टीको निर्णय मान्न अस्वीकार गरेपछि विपक्षी गठबन्धनलाई बहुमत पु-याउन सकस परिरहेको छ । दल सचेतक पियारी थापाले सभामुख अधिकारीलाई सांसद कृष्ण थापालाई दलको नेताबाट हटाएको जानकारी समेत गराएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);