राजमाे नेता कृष्ण थापालाई दलको नेताबाट हटाईयो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

राजमाे नेता कृष्ण थापालाई दलको नेताबाट हटाईयो

गण्डकी प्रदेश। नयाँ सरकार निर्माणका लागि विपक्षी गठबन्धनलाई सहयोग नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले दलका नेता कृष्ण थापालाई कारबाही गरेको छ ।

बुधबार पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना गर्नुअघि नै राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधबार दिउँसो चार बजेसम्मको समय दिएकी छन् ।

थापाले पार्टीको निर्णय मान्न अस्वीकार गरेपछि विपक्षी गठबन्धनलाई बहुमत पु-याउन सकस परिरहेको छ । दल सचेतक पियारी थापाले सभामुख अधिकारीलाई सांसद कृष्ण थापालाई दलको नेताबाट हटाएको जानकारी समेत गराएकी छिन् ।

Leave a Reply

ताजा समाचार