दिशाबिहीन बनेको नेपाली कांग्रेस (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दिशाबिहीन बनेको नेपाली कांग्रेस (भिडियाेसहित)

काठमाडाैं, ५ माघ । नेपाली कांग्रेस यतिबेला कता हरायो ? कता बरालियो ? किन कमजोर भूमिकामा ? भन्ने जस्ता आरोप लाग्दै आएको छ । सरकार र सडक दुबै तिर नेकपा नै शक्ति प्रदर्शनमा छाइरहँदा प्रतिनिधि सभा विघटनलाई विपक्षी दल कांग्रेसले अवसरका रुपमा लिन सकेन भन्ने आरोप पनि कांग्रेस माथि नै लाग्दै आएको छ ।

यो आरोपको कांग्रेसले स्पष्ट जवाफ दिन सकिरहेको छैन । कांग्रेस र कांग्रेसका नेताहरु यतिबेला बीचको बाटोमा अलमलिरहेका छन् । विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेकाले अदालतको फैसला जस्तो आउँछ त्यस्तै भूमिकामा कांग्रेस रहन्छ भन्ने कांग्रेसको धारणा देखिन्छ । यसले कांग्रेस दोबाटोमा अलमलिएको यात्री जस्तै भएको छ ।

सरकार अलोकप्रिय भयो, नेकपा अलोकप्रिय भयो भनेर भन्न नछोड्ने कांग्रेस आफू कति लोकप्रिय छ भनेर जनतामा परीक्षणमा जान तयारै देखिंदैन । यो लाजलाई छोप्न कांग्रेसका नेताहरु प्रधानमन्त्रीको कदम संविधान विपरीत भनेर जनतामा परीक्षणमा जाने अवसरलाई गुमाउँदैछ ।

परराष्ट्र मन्त्रीस्तरीय नेपाल भारत बैठकको दौरानमा नेपालका परराष्ट्र मन्त्रीलाई भारतका प्रधानमन्त्रीले भेट्न समय नमिलाएको र सीमा विवाद वार्तालाई भारतले पन्छाएको विषयलाई पनि कांग्रेसले मुद्दा बनाएको देखिंदैन । यही अवस्थामा अब नेपाली कांग्रेसले जनताको मत जितेर ठूलो पार्टी बन्ने अवसर पाउला त ?

नेपाली कांग्रेसका नेता डा.रामशरण महतसँगको अन्तर्वार्ता भिडियोमा हेर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);