मन्त्री र सांसद पद गएपनि माओवादीमा फर्किन्न : मन्त्री रायमाझी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

मन्त्री र सांसद पद गएपनि माओवादीमा फर्किन्न : मन्त्री रायमाझी

काठमाडौं, २९ फागुन । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री एवं नेकपा (एमाले) का नवमनोनित केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले कुनै पनि हालतमा तत्कालीन नेकपा माओवादी केन्द्रमा नफर्किने भनाई दोहो¥याएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले मन्त्री र सांसद पद गएपनि माओवादीमा नफर्किने दोहो¥याएका हुन् । आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति बताए । प्रधानमन्त्री ओलीसँग मात्र सही सिद्धान्त र निष्ठाको राजनीति रहेको उनको भनाइ छ ।

त्यस्तै मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारकोपछि लागेको प्रष्ट पारे । साथै उनले सत्तारुढ दलमा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि पद र प्रतिष्ठाको लडाइ भएको दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);