नक्कली शरणार्थी मुद्दामा पार्टीका नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

नक्कली शरणार्थी मुद्दामा पार्टीका नेताहरुको नाम जोडिँदा पार्टीको गरिमामा आँच पुग्यो

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताउनु भयो । उहाँले काँग्रेस पार्टीको नेताहरु नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिनुले काँग्रेसको गरिमामा आँच आएको बताउनु भयो ।

उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताउनु भयो । उहाँले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताउनु भयो ।

नेता कोईरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताउनु भयो । उहाँले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बतउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);